राष्ट्र बैंक पूर्वकर्मचारी संघकाे अध्यक्षमा ठाकुर

राष्ट्र बैंक पूर्वकर्मचारी संघकाे अध्यक्षमा ठाकुर


काठमाडौं – नेपाल राष्ट्र बैंक पूर्व कर्मचारी संघ केन्द्रीय समितिको २३ औं वार्षिक साधारण सभाबाट बैंकका पूर्व कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुर अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन भएका छन्। पूर्वकार्यकारी निर्देशक ठाकुर शनिबार भएको २३औं वार्षिक साधारणसभाबाट सर्वसम्मतिले अध्यक्ष चुनिएका हुन्।

संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा नवराज फुँयाल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छानिएका छन् । कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।