काठमाडौं – आज रातिदेखि लागु हुने गरेर नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि भएको जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि पेट्रोलियम पदार्थको परिमार्जन गर्दै पेट्रोलको मूल्य बढेको जानकारी दिएको हो ।
राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि भएको निगमले जानकारी दिएको छ । यस्तै, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
यससँगै पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैया कायम भएको छ । दोस्रो वर्गमा १६१ रुपैयाँ र तेस्रो वर्गमा १६२ रुपैयाँ कायम भएको छ ।
यसैगरी, मट्टिेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गमा १५१ रुपैयाँ निर्धारण भएको छ ।
आईओसीबाट निगमलाई प्रत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आइरहेको छ ।
प्रतिक्रिया