नाफिज महासचिवमा बैंकिङ्ग समाचारका खत्री निर्वाचित


काटमाडौं – नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औँ वार्षिक साधारण सभासँगै सम्पन्न निर्वाचनबाट महासचिव पदमा निकेश खत्री निर्वाचित भएका छन् । यसअघि कार्यसमिति सदस्य रहेका खत्री आसन्न निर्वाचनको नतिजाअनुसार महासचिवमा निर्वाचित भएका हुन् ।

खत्री निर्वतमान महासचिव तथा प्रतिस्पर्धी नवीन ढुंगानलाई ४६ मतान्तरले पराजित गर्दै महासचिवमा निर्वाचित भएका हुन् । खत्रीले ११२ मत प्राप्त गर्दा उ ढुंगानाले ६६ मत प्राप्त गरे ।

विगत एक दशकदेखि आर्थिक पत्रकारितामा आबद्ध खत्री हाल बैंकिङ्ग समाचारमा समाचार प्रमुखको रूपमा कार्यरत छन् ।आर्थिक पत्रकारितामा  कलम चलाउँदै आएका खत्रीसँग राष्ट्रियस्तरका आर्थिक सञ्चारमाध्यममा लामो समय काम गरेको अनुभव रहेको छ । आसन्न निर्वाचनबाट अध्यक्षमा मेनुका कार्की , उपाध्यक्षतर्फ निरोज कुमार थापा र पिताम्बरी खतिवडा (प्रमिला)  विजयी भएका छन्।

यस्तै, सचिवमा राजाराम न्यौपाने र कोषाध्यक्षमा मिलन विक विजयी भएका छन्। कार्यसमिति सदस्यहरूमा अनिश मिजार, चित्र राज भण्डारी (सीआर) अनुप आचार्य, र शुक्र गिरी विजयी भएका छन्। यसपटकको नाफिजको चुनावमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका थिए ।