काठमाडौं – नेपालको कूल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भएको छ। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले असार मसान्तदेखि कात्तिसम्म २२ खर्ब ३२ अर्ब २८ करोड विदेशी विनिमय सञ्चिति रहेको उल्लेख गरेको छ।
त्यस्तै, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको केन्द्रीय बैंकले उल्लेख गरेकाे छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९ खर्ब २ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्तमा २८.४ प्रतिशतले वद्धि भई २ खर्ब ४७ अर्ब २० करोड रूपैयाँ कायम भएको छ। २०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।
प्रतिक्रिया