रेमिट्यान्स आप्रवाह ९ प्रतिशतले बढ्यो, ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब

रेमिट्यान्स आप्रवाह ९ प्रतिशतले बढ्यो, ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब


काठमाडौं – चालु आर्थिक वर्षको ४ महिनामा ५२१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ४ महिनाको तुलनामा विप्रेषण आप्रवाह ९.१ प्रतिशतले वृद्धि भएर ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४ सय ७८ रहेकाे छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार ,.१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८४१ रहेकाे थियाे ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५६८ अर्ब २६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय ५२१ अर्ब ४३ करोड रूपैयाँ रहेको थियो ।