काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा २ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर २२ गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन २ अर्ब अर्ब रुपैयाँले नै घटेको छ । मंसिर२१ गते ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले २२ गते ५९ खर्ब १७ अर्ब संकलन गरेका छन् ।
सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह १ अर्बले घटेको छ । मंसिर २१ गते ५३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २२ गते ५३ खर्ब १७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ४७ खर्ब १० अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर २२ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।
केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.५८ प्रतिशत रहेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर २.९१ प्रतिशत कायम भएको छ।



About Us
प्रतिक्रिया