नेपाललाई साढे ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई साढे ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा


काठमाडौं – चिनियाँ राष्ट्रतिले नेपाललाई ९ अर्ब ३३ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । यही १७ गतेदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीसँगको भेटघाटकाक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई ९ अर्ब ३३ करोड ५० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति सीले नेपाललाई ५० करोड चिनियाँ युआन अनुदान उपलब्ध गराउने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले चिनियाँ राष्ट्रतिबाट यस्तो घोषणा भएको जानकारी दिएका हुन् ।

यसअघि, नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ करोड ६० लाख करोड रुपैयाँ अनुदान दिने सम्झौता भइसकेको छ ।

चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको चिनियाँ सहयोग निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।