सेलिब्रेटी सिइओ शाहले ३ दशक लामो बैंकिङ्ग सेवाबाट आजदेखि लिए अवकाश

सेलिब्रेटी सिइओ शाहले ३ दशक लामो बैंकिङ्ग सेवाबाट आजदेखि लिए अवकाश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

९० को दशकको सुरुवातमै नेपालको बैंकिङ सेक्टरमा लगभग एकैसाथ चार युवाको प्रवेश भयो । त्यो बेला इमर्जिङ सेक्टरका रूपमा रहेको बैंकिङमा आउनु युवाहरुको लागि सामान्य विषय थियो । तर यी चारै युवाहरु नेपालका उच्च घरानियाँ वर्ग अर्थात शाह र राणा खानदानसँग जोडिएकाले उनीहरुको प्रवेशलाई बैंकिङ क्षेत्रमा फरक उत्साहका साथ लिइयो । तीनै चार युवाहरुमध्ये एक थिए अनिलकेशरी शाह, जसको परिचयका लागि उनको नामै काफी छ ।

अनिल अब भने आफ्नो बैंकिङ यात्रालाई यहीँबाट बिट मार्ने मुडमा छन । निरन्तर ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएपछि उनी जीवनको फरक अध्याय सुरु गर्न चाहन्छन जहाँबाट फेरि उनको अर्को परिचय बन्नेछ । तर यहाँसम्म आइपुग्दा बजारले भन्छ अनिल शाहलाई चिनाउन कुनै फर्का जोडिरहनु पर्दैन उनी आफैंमा एक ब्राण्ड हुन्न (द अनिल शाह)

बैंकर कम र सेलिब्रेटी रुपमा बढी चिनिने व्यक्ति हुन अनिल । बैंकरमा मात्र सिमित नभएर एक मोटिभेटरको रुपमा पनि आफ्नो छाप बनाउँन सफल व्यक्तित्व हुन अनिल केशरी शाह । आज पनि उनले धेरै युवालाई प्रेरित गरिहेका छन् । उनले लिड नेपाल संस्थामार्फत युवा पुस्तालाई मोटिभेसन, टिम बिल्डिङ र लिडरसिप बारे सिकाउने योजना रहेको छ । 

जन्म

अनिल केशरी शाहको जन्म सन् १९६६ अगष्ट १ तारिखको दिन काठमाडौंमा भएको थियो । पिता डाक्टर नारायण केशरीको र माता विन्देश्वरी शाहको कोखबाट उनको जन्म भएको थियो । उनका बुवा नारायण केशरी शाह विश्व स्वास्थ्य संगठनमा कार्यरत थिए भने आमा विन्देश्वरी शाह नेपालकै पहिलो महिला राजदुत थिईन । 

अध्ययन

शाहले विद्यालय शिक्षा भारतको नयाँदिल्ली स्थित ब्रिटिश स्कुलबाट बिद्यालय तह पुरा गरेका थिए । साथै, उच्च शिक्षाको लागि अमेरिकाको जर्ज वासिङ्न बिश्वविद्यालयमा भर्ना भए र २० बर्षकै उमेर बीबीए पुरा गरेर नेपाल फिर्ता भएका थिए । पछि उनले सहायक निर्देशकको रुपमा हलिउड फिल्ममा समेत काम गरेको अनुभव उनमा रहेको छ । 

जागिरे जिवन 

आज उनी जुन ठाउँबाट अवकाश पाउँन लागेका छन् त्यो स्थान सम्मको यात्रामा पहिलो पाईला भने ग्रिनलेज बैंकबाट गरेका थिए । जसको कारणले आज युवाको मुखमा अनिलको नाम आउँनमा धेरै ठुलो सहयोग समेत गरेको छ÷थियो । उनले त्यस बैंकमा काम गर्दा अनिलको पद असिस्टेन्टका रुपमा रिसेप्सनमा काम गरेका थिए । जसबापत उनलाई मासिक रुपमा त्यस समय मात्र ३५ सय तलब आउँथ्थो । 

त्यसपछि उनी स्टयाण्डर्ड चार्टर्डमा सिइओका रुपमा काम गरे र पछि उनी नबिल बैंकमा सेकेन्ड म्यानको रुपमा नियुक्त भए । कालान्तरमा बैंकहरु मध्येकै धेरै तलब खाने व्यक्तिको सुचिमा उनी उदाउन लागे । 

उनले पहिलो र दोस्रो कार्यकाल गरी कुल १७ बर्ष सिइओको रुपमा नबिलमै विताए । उनकै दोस्रो कार्यकालमा नबिल बैंकलाई आजको डिजिटल नबिल बैंकसम्म पुर्याउन उनकै हात रहेको पाईन्छ । उनले नेपाल बैंकमा समेत काम गर्ने इच्छा हुदाँ–हुदै पनि त्यस तर्फ काम नबने पछि टिम सहित मेगा बैकमा गएका थिए । त्यसपछि उनी मेगा बैंकमा सीइओका रूपमा दुई कार्यकाल रहे। फेरि नबिल  मै फर्किएर उनले दोस्रो कार्यकाल पनि पूरा गरे। अनिल अब भने आफ्नो बैंकिङ यात्रालाई यहीँबाट अन्त्य गरेका छन् ।