काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको डेपुटी प्रमुख कार्यकारी निर्देशकमा नीरज मान सैंजु नियुक्त भएका छन् । रेमिट्यान्स र विभिन्न वाणिज्य बैंक लगायत विभिन्न क्षेत्रमा १५ वर्षभन्दा बढी लामो अनुभव बटुलेका सैंजु आजदेखि क्लियरिङ्ग हाउसको कार्यकारीमा नियुक्त भएका हुन् ।
यस्तै, सैंजुले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री समेत हासिल गरेका छन् । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लैजाने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । एनसीएचएलले ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई ईसीसी, आईपीएस, आरपीएस, आरटीजीएस, एनपीआई, कनेक्ट आईपीएस र ईएफटी सेवा दिँदै आएको छ ।
साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी÷पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।
प्रतिक्रिया