काठमाडौं – प्रधानमन्त्री केपीशर्मा ओलीको चीन भ्रमणमा विभिन्न क्षेत्रका ३६ जना व्यवसायी समेत जाने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत विभिन्न व्यवसायीक छाता संगठनको प्रतिनिधित्व गर्दै ३६ जना व्यवसायी चीन जाने भएका हुन् ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । २० गतेसम्म हुने प्रधानमन्त्रीस्तरीय चीन भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका १६ जना जाँदैछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित १६ जना प्रतिनिधि महासंघबाट चीन जानेछन् ।
यस्तै, परिसंघबाट अध्यक्ष र उपाध्यक्ष गरी दुई जना तथा चेम्बरबाट अध्यक्ष, उपाध्यक्षसहित ६ जनाको टोली चीन जानेछ । यसैगरी, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)बाट अध्यक्षसहित ६ जनाको टोली समेत चीन जानेछ । यसैगरी, नाडा अटोमोबाइल्स एसोसिएसनबाट अध्यक्षसहित दुई जनाको टोली जानेछ ।
यसैगरी, ,निर्यात व्यवसायीक महासंघ, साना तथा मझौला उद्योग व्यवसायी महासंघ, नेपाल उद्योग महासंघ र वीवाईडीको नेपाल बिक्रेता साइमेक्सका प्रतिनिधिकारुपमा अध्यक्षहरु चीन जानेछन् ।
प्रतिक्रिया