काठमाडौं – नेपाल राष्ट्र बैंकले कारोबार रोक्का गरेको विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोक्का गरेको कर्णाली विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यो बैंकको निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको छ । जबकी, बैंकले राष्ट्र बैंकलाई यो अनुपात ७ प्रतिशतमा सिमित भएको भन्दै रिपोर्टिङ गरेको थियो । गलत रिपोर्टिङ गरेको पाइएपछि राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै कारोबार रोक्का गरेको जानकारी दिएको थियो ।
तर, यही बैंकको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् । आज यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४५ रुपैयाँ पुगेको छ । आजै यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७६ रुपैयाँ बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ अंकले बढेको दिन यो कम्पनीको शेयर २० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । यसले कर्णाली विकास बैंकको शेयरमा लगानीकर्ता झुम्मिएको देखाउँछ । जबकी, यो कम्पनीको कारोबार नै केन्द्रीय बैंकले रोक्का गरेर छानविन गर्दै छ ।
प्रतिक्रिया