नेतृत्वविहीन बनेको ११ महिनापछि अध्यक्ष पाउँदै सेबोन, सिफारिसमा को–को परे ?

नेतृत्वविहीन बनेको ११ महिनापछि अध्यक्ष पाउँदै सेबोन, सिफारिसमा को–को परे ?


काठमाडौं – नेतृत्वविहीन बनेको ११ महिनापछि नेपाल धितोपत्र बोर्डले (सेबोन)ले अध्यक्ष पाउने सम्भावना बढेको छ । अध्यक्ष पदका दाबेदार ५ मध्ये ४ जनाको अन्तरवार्ता सकिएपछि ११ महिनापछि बोर्डले अध्यक्ष पाउने सम्भावना बढेको हो ।

अर्थमन्त्रालयले आइतबार अध्यक्षका प्रत्यासी २ जनासँग अन्तरवार्ता लिएको थियो । अर्थमन्त्रालय मातहतको सिफारिस समितिले सेबोनका कार्यकारी निर्देशक डा. नवराज दाहाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग अन्तरवार्ता लिएको थियो ।

यी दुई जना यसअघिका अन्तरवार्तामा गयल थिए । तर, आइतबारको अन्तरवार्तामा उनीहरु पुगेपछि ३ जनाको नाम सिफारिस गर्नका लागि सिफारिस समितिलाई सहज बन्यो । यद्यपी, आइतबार पनि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईँ भने उपस्थित बनेनन् ।

प्रत्यासी ५ मध्ये ४ जनासँग अन्तरवार्ता लिएसँगै सिफारिस समितिले आइतबार नै ३ जनाको नाम पठाइसकेको छ । सेबोनका कार्यकारी निर्देशक डा. अधिकारी र सेबोनकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस भइसकेको छ ।

सम्भवत मन्त्रीपरिषद्को आगामी बैठकले बैठकले सेबोनको अध्यक्ष चयन गर्ने छ । ३ जनाको नाम सिफारिस भएसँगै कर्पोरेट समूह आफुअनुकुलको मान्छेलाई सेबोनको नेतृत्वमा ल्याउनका लागि तीव्र ‘लविइङ’मा लागेको छ ।