काठमाडौं – डेढ वर्षपछि साढे २ करोड रुपैयाँभन्दा बढीको बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ वर्षपछि प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिकाका ३७ वर्षीय दिब्य श्रेष्ठ छन् । उनलाई सोमबार जावलाखेलबाट पक्राउ गरेको अपराध अनुसन्धान प्रहरीको टोलीले जानकारी दिएको छ ।
उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ्ग कसुरको मुद्दामा २०८० साल असार ३ मा २ महिना कैद र साढे २ करोड बिगो र १० लाख क्षतिपूर्तिको फैसला गरेको थियो । अदालतको फैसलापछि लुकिछिपि बसेका श्रेष्ठ झण्डै डेढ वर्षपछि पक्राउ परेका हुन् ।
फैसला कार्यान्वयनका लागि उनलाई ललितपुर जिल्ला अदालत हुँदै नख्खु कारागार पठाइएको छ ।
प्रतिक्रिया