काठमाडौं – सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।
आज (बुधबार) बिहान १० बजेदेखि २ बजेसम्म बाेलकबाेल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने छ ।
ऋणपत्रको ब्याज अर्धवार्षिक भुक्तानी हुनेछ । ब्याजदर बोलकबोलबाट तय हुनेछ । ऋणपत्र निष्कासन २९ कात्तिक र साँवा भुक्तानी २९ कात्तिक २०८७ मा हुनेछ ।
प्रतिक्रिया