बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले चुनाव भएर लोकप्रिय बजेट आफूले नल्याएको बताएका छन् ।
उनले कर्मचारीको तलब बढाउनुपर्ने कुरा ऐनमा उल्लेख भए अनुसार बढाएको जानकारी दिए । बजेट बारे पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो कुरा व्यक्त गरेका हुन् ।
किसानलाई सम्मान गर्नको लागि किसान पेन्सन कार्यक्रम ल्याएको भन्दै उनले गर्नुपर्ने कार्यक्रमको बजेट ल्याएको बताए ।
सरकारले अघिल्लो सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएको भन्दै चुनावलाई हेरेर बजेट नल्याएको बताए ।
प्रतिक्रिया