काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नीको नाम जोडिएको सहकारीमा नेपाल प्रहरीले छापा मारेको छ । पोखरेल पत्नी अन्जला कोइरालाको नाम जोडिएको मोरङको उमागौरी कृषि सहकारी संस्थामा प्रहरीले छामा मारेको हो ।
प्रहरीले छापा मारेर सहकारीको कागजात नियन्त्रणमा लिएको जानकारी दिएको छ । अन्य सहकारीमा जस्तै यो सहकारीमा समेत बचतकर्ताको रकम अपचलन भएको आरोप लागेको छ । र, यो अपचलनमा पोखरेल पत्नी कोइरालाको संलग्नता रहेको आरोप छ ।
२०६८ सालमा स्थापित यो सहकारीमा पोखरेलकी पत्नी दुई कार्यकाल सञ्चालक समिति सदस्य थिइन्। उमागौरी सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार रुपैयाँ छ । बचतकर्ताले रकम फिर्ता मागेपछि सहकारीको कार्यालय हाल बन्द छ । यो सहकारीमा कम्तिमा १२ करोड रुपैयाँ हिनामिना भएको आरोप छ ।
प्रतिक्रिया