विराटनगर – विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले बागमती प्रदेशलाई २० रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको कर्णाली २० ओभरमा सवै विकेट गुमाएर ७५ रनमा सिमित भयो । कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए ।
वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३.५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए । त्यस्तै दयानन्द मण्डलले ३ विकेट र दिपक सेरलाले २ विकेट लिए ।
७६ रनको विजयी लक्ष्य पाएको बागमतीले १८ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ५५ रनमा सिमित हुन पुग्यो । बागगमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए ।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेशले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ । यस खेल भन्दा अगाडि प्रतियोगितामा लुम्बिनी एक मात्र अपराजित टोली रहेको थियो ।
टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सवै विकेट गुमाई ७० रनको योगफल बनायो ।
प्रतिक्रिया