ज्वरो आएपछि बालुवाटारमै आराम गर्दै प्रधानमन्त्री ओली 


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।