काठमाडौं – भोलीदेखि सुरु हुने नवौं संस्करणको सिंगापुर फिनटेक फेस्टिभलमा नेपालबाट समेत सहभागीता हुने भएको छ । नेपालबाट आईएमई पेले फेस्टिभलमा सहभागीता जनाउने भएको हो ।
८ नोभेम्बरसम्म चल्ने फेस्टिभलमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीको सहभागीता पक्का भएको जनाइएको छ । सिंगापुर फिनटेक फेस्टिभलले सेयर गरेको जानकारीअनुसार रेग्मीको सहभागीता पक्का भएको हो ।
फेस्टिभलमा विश्वकार ७० हजारभन्दा बढीको सहभागीता हुनेछ । जसमा २ देशका अर्थमन्त्री, ५ देशका गभर्नर र ब्ल्याकरकदेखि जेपी मोर्गन जस्ता निजी क्षेत्रका प्रभावशाली कम्पनीहरुको समेतको सहभागीता निश्चित बनेको छ ।
आईएमई पे लिमिटेडबाहेक अन्य कम्पनीको समेत सहभागीता हुने जनाइएपनि बैंकिङ्ग समाचारको जानकारीमा आएको छैन ।



About Us
प्रतिक्रिया