एजेन्सी – विश्वकै शक्तिशाली मुलुककारुपमा रहेको युनाइटेड स्टेट अफ अमेरिका (यूएसए)मा आज ४७ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । आर्थिक र सैनिकरुपमा अमेरिका विश्वकै शक्तिशाली मुलुक हो । जसकारण, अमेरिकाका राष्ट्रपतिको भूमिका आन्तरिकसँगै बाह्य मामिलामा पनि हुनेछ । यही शक्तिशाली मुलुकको ४७औं राष्ट्रपतिको चुनाव आज भइरहेको हो ।
राष्ट्रपतिको दौडमा रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस छन् । ट्रम्प यसअघि सन् २०१६ मा निर्वाचित राष्ट्रपति समेत हुन् । यस्तै, भारतीय मूलकी ह्यारिस जोइ बाइडेनकी उपराष्ट्रपति हुन् । यी दुईबीच आज हुने चुनावमा कडा टक्कर हुने बताइएको छ ।
कूल ५० वटा राज्य रहेको अमेरिकामा चुनाव जित्नका लागि २७० इलेक्ट्रोलर मत ल्याउनुपर्ने छ । अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत छन् । यी मत विभिन्न राज्यको आवाधिलाई मध्यनजर गरेर बनाइएका हुन् ।
कति हुनेछ राष्ट्रपतिको तलब ?
अमेरिकी राष्ट्रपतिले वार्षिकरुपमा एक अमेरिकीले कमाउने रकमभन्दा बढी कमाउनेछन् । यद्यपी, धनाड्य अमेरिकीको तुलनामा भने झण्डै आधा मात्रै कमाई राष्ट्रपतिको हुनेछ । अमेरिकाका सामान्य सर्वसाधारणले वार्षिकरुपमा औसतमा ६३ हजार अमेरिकी डलर कमाउँछन् । जबकी, धनाड्य अमेरिकी नागरिकले वार्षिकरुपमा ७ लाख अमेरिकी डलरभन्दा बढी कमाउँछन् ।
यस्तै, अमेरिकी राष्ट्रपतिले वार्षिकरुपमा साढे ४ लाख अमेरिकी डलर कमाउने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यो धनी अमेरिकीले वार्षिकरुपमा कमाउने रकमभन्दा करिब आधा मात्रै हो । तर, वार्षिकरुपमा पाउने तलबसँगै अन्य सेवा सुविधा समेत राष्ट्रपतिले पाउनेछन् । राष्ट्रपतिको स्वास्थ्य सेवा पूर्णरुपले निःशूल्क हुनेछ भने किनमेल खर्च लगायतका सुविधा समेत पाउँछन् ।
अमेरिकी राष्ट्रपतिको तलब पछिल्लो २३ वर्षयता बढेको छैन । सन् २००१ मा २ लाख अमेरिकी डलरबाट वार्षिक साढे ४ लाख रुपैयाँ पुगेको थियो । त्यसयता भने तलब बढेको छैन ।
प्रतिक्रिया