काठमाडौं – ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । तसर्थ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
सो प्रस्ताव अनुमोदन गर्नका लागि बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्ने बैंकले जनाएको छ ।




About Us
प्रतिक्रिया