नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको अध्यक्षमा मनोज कुमार ज्ञवाली

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको अध्यक्षमा मनोज कुमार ज्ञवाली


काठमाडौं – नबिल बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोजकुमार ज्ञवाली नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी कार्तिक ११ गतेदेखि लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त भएका हुन् ।

आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गरेका ज्ञवालीको नेपालको बैंकिङ्ग क्षेत्रमा २ दशकभन्दा लामो अनुभव रहेको छ ।

नेपाल राष्ट्र बैंकमा उनले वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । मौद्रिक नीति र आर्थिक प्रवृत्तिहरुको गहिरो बुझाई रहेको छ ।