निफ्राले लाभांश नदिने, शेयरधनीहरूको हात खाली


काठमाडौंं – नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यो वर्ष शेयरधनीहरूको हात खाली बनाउने भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चात्को वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो । यससँगै शेयरधनीहरूले लाभांश नपाउने भएका हुन् ।