काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।






About Us
प्रतिक्रिया