बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २० गते बुक क्लोज गर्ने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
संस्थाले आगामी जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्दै छ । सो प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै संस्थाका सेयरधनीले उक्त लाभांश पाउने छन् ।
जेठ २० गते बुक क्लोज भएकाले जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्रै गत वर्षको लाभांश पाउने छन् ।
त्यस्तै, सभाले संस्थालाई अन्य लघुवित्तहरुसँग गाभ्ने तथा गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रकृया बढाई सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै छ ।
प्रतिक्रिया