बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१\८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१\८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय दुई राजस्व सङ्कलन गरेको हो ।
चालु आवको तीन महिनामा सवारी करबाट २ करोड ७४ लाख ६४ हजार ९ सय ५१ रुपैयाँ, सवारी चालक अनुमतिपत्र वितरणबाट ७ करोड ५८ लाख ७२ हजार ४८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख २ हजार ५ सय ५३ रुपैयाँ तथा बेरुजुबाट ८ हजार २ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पोरई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ ।






About Us
प्रतिक्रिया