चुच्चे नक्सासहितको १०० दरका नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङलाई

३० करोड थान छाप्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिने निर्णय गरेको जनाएको हो ।

राष्ट्र बैंककाअनुसार चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्ने बताएको छ । केन्द्रीय बैंकले बोलकबोलमा सहभागी हुने बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै प्रस्तावलाई स्विकार गरेको हो ।