प्रभु बैंकको दिक्तेल शाखा स्थानान्तरण



काठमाडौं – प्रभु बैंक लिमिटेडको दिक्तेल शाखा कार्यालय अब खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामाबाट सेवा प्रदान गर्ने भएको छ। बैंकले कात्तिक ११ गतेदेखि आफ्नो बैंकिङ सेवा अम्बागाछी चोकबाट करिब ११०० मिटर उत्तरतर्फ रत्नपार्क नजिकैको शुभम् खाजा घर रहेको भवनको पहिलो तल्लामा स्थानान्तरण गरि सञ्चालन गर्ने जनाएको छ।

यस शाखा स्थानान्तरणपछि ग्राहक महानुभावहरूले अब नगरपालिका बिजनेस कम्प्लेक्स अगाडि रहेको नयाँ स्थानबाट प्रभु बैंकको सेवा लिन सक्नेछन्।