एफपीओ निष्काशन र लाभांश प्रस्ताव पारित गर्न विन नेपाल लघुवित्तले डाक्यो साधारण सभा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । लघुवित्तले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा सातौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।