हिमालयन ब्रोकरेजको साधारणसभा कात्तिक ३० गते



काठमाडौं – हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले कात्तिक ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । कात्तिक ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्रिमा दिउँसो ३ बजे दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय भएको छ ।

सभाले गत आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सभाले प्रमुख कार्यकारी अधिकृतको तलब भत्ताका सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले लाभांशको प्रस्ताव समेत अनुमोदन गर्नेछ ।