एकैदिन १२ अर्बले घट्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाहमा झिनो सुधार हुँदा अन्य सूचक कस्ता ? 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब  २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक ७ गते बुधबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हाे । अघिल्लो दिन कात्तिक ६ गते मंगलबार बैंकिङ्ग प्रणालीमा  ६६ खर्ब ३८ अर्ब निक्षेप संकलन भएको थियो ।  यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा १२ अर्बको गिरावट देखिएको छ । 

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ११ अर्बले घटेको छ । कात्तिक ६ गते ५९ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले ७ गते ५८ खर्ब ९२ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा झिनो सुधार देखिएको । कात्तिक ६  गते ५२ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ७ गते ५२ खर्ब ७१  अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि २ अर्बले बढेको छ । गत कात्तिक ६ गते ४६ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ७ गते ४६ खर्ब ६६ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.७८ प्रतिशत कायम भएको देखाएको छ ।