तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

तिहारका लागि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको (मेडालियन) सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले ११ कात्तिकदेखि १४ कात्तिकसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ । सुनको असर्फीको मंगलबार बिहान ११ बजेदेखि ४ बजेसम्म बिक्री हुनेछ ।

यस्तै, चाँदीको मेडालियन सिक्का पनि गाई अंकित २५ ग्राम, गाई अंकित, लक्ष्मी अंकित ,गणेश अंकित १०, र १० गजलक्ष्मी अंकित १० ग्राम रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ ।

११ देखि १४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ४ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । सुनकाे असर्फीकाे दररेट दैनिक निर्धारण गरिनेछ ।

असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य रूपमा सक्कल नागिरकता वा साे खुल्ने प्रमाण र साेकाे प्रतिलिपि सहित उपस्थित हुनुपर्नेछ ।