छतबाट लडेर मजदुरको मृत्यु

छतबाट लडेर मजदुरको मृत्यु


काठमाडाैं – आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका– ५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका– ३१ आलोकनगरस्थित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)काे कार्यालयनजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका वेला लडेर निजको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।