विन नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा

विन नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्चेञ्जले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । लघुवित्त कम्पनीले बैशाख ३० गते पठाएको लाभांश संशोधन सूचना भूलवस त्रुटी हुन गएको र अबबाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

यसअघि नेप्सेले कम्पनीले आवश्यक सुचना सात दिनभित्र दिनुपर्ने व्यवस्था बमोजिम नदिएको भन्दै कारोबार रोक्का गरेको थियो ।

नेप्सेले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिँदै शेयर कारोबार फुकुवा गरेको हो । सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ ।