सिद्धार्थ बैंकका ग्राहकहरुलाई दुसित थानि हिमालयन रिसोर्टमा १५% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई दुसित थानि हिमालयन रिसोर्टमा १५% सम्मको छुट


काठमाडौं – सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्राइभेट लिमिटेड (धुलिखेल – काठमाडौं) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेलस्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५% सम्मको छुट पाउन सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।