नियम नमान्दा प्रभु र इन्भेस्टमेन्ट मेगा बैंक राष्ट्रकाे बैंककाे कारबाहीमा 

नियम नमान्दा प्रभु र इन्भेस्टमेन्ट मेगा बैंक राष्ट्रकाे बैंककाे कारबाहीमा 


काठमाडौं – नेपाल राष्ट्र बैंकको नियम नमान्दा दुइ वाणिज्य बैंक कारबाहीमा परेका छन् । केन्द्रीय बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई सचेत गराएकाे हाे । यी दुवै बैंकलाई अन्य कारबाही शीर्षकमा सचेत गराइएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराएकाे हाे ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएकाे छ । बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल इन्भेस्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको केन्द्रीय बैंकले जनाएकाे छ ।