काठमाडौं – २० वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । असोजसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेका हुन् ।
विवरणअनुसार बैंकहरुको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २१. ६३ प्रतिशतले बढेको छ। गत वर्ष यस्तो नाफा १३ अर्ब ३४ करोड थियो। समिक्षा अवधिमा २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएकाे छ । पहिलाे त्रैमासमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ खुदा नाफा आर्जन गरेको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब २८ करोड, एनएमबी बैंकले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभु बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेका छन् ।
यस्तै, नेपाल एसबीआई बैंकले ८१ करोड रूपैयाँ, हिमालयन बैंकले ७२ करोड रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख रुपैयाँ, नेपाल बैंकले ६० करोड २१ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंक ५३ करोड ६३ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड ९५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३८ करोड, सिटिजन बैंकले १९ करोड, कृषि विकास बैंकले १९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड नाफा कमाएकाे छ ।
समिक्षा अवधिमा सबैभन्दा कम एनआइसी एशिया बैंकले ११ करोड रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।



About Us
प्रतिक्रिया