बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा डाइरेक्ट पार्टिसिपेशनको रुपमा आबद्ध भइ कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंक बाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटीजीएस सेवा संचालमा आएको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रशितत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया