पहिलो त्रैमासमा प्रभु बैंकले कमायाे १ अर्ब बढी नाफा, खराब कर्जा कति ?

पहिलो त्रैमासमा प्रभु बैंकले कमायाे १ अर्ब बढी नाफा, खराब कर्जा कति ?


काठमाडौं – प्रभु बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । सार्वजनिक विवरण अनुसार यस अवधिमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४. ९४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल .।९७ प्रतिशत थियो। सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ करोड ४७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ५१ लाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा ८.९२ प्रतिशतले घटेर १ अर्ब ४० करोड ३९ लाख रुपैयाँमा खुम्चिएकाे छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ थियो। ब्याज आम्दानी भने बढेर २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ थियो।

चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १४ अर्ब ७ करोड ३६ लमाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.६८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.५७ रुपैयाँ थियो। पीई रेसियो १४.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५९.९३ रुपैयाँ रहेको छ।