सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई बयानका लागि पोखराबाट बुटवल लगियो

सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई बयानका लागि पोखराबाट बुटवल लगियो


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई रुपन्देही लगेको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरण सम्बन्धी अनुसन्धान गर्न जोशीलाई सोमबार बिहान रुपन्देही पठाइएको हो ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् ।