कर्जा प्रवाह र लगानीलाई वातावरणमैत्री बनाउन ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी–२०२४’ जारी

कर्जा प्रवाह र लगानीलाई वातावरणमैत्री बनाउन ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी–२०२४’ जारी


काठमाडौं – नेपाल राष्ट्र बैंकले  ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति पालना गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह एवं लगानीलाई वातावरणमैत्री बनाउन नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी जारी गरेको हो । 

जलवायु परिवर्तनको सामना गर्न निजी र सार्वजनिक वित्तको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै समर्पित हरित वित्त वर्गीकरण अपनाउनु महत्वपूर्ण भएकाेले ग्रीन फाइनान्स ट्याक्सोनोमी जारी गरिएकाे केन्द्रीय बैंकको भनाइ छ ।

यसले हरित बन्ड, जलवायु जोखिम प्रतिवेदन, र वित्तीय क्षेत्रको पूँजी आवश्यकताहरूलाई सहज बनाउने राष्ट्र बैंकले विश्वास लिएकाे छ ।