२ महिनामा विकास बैंकको खुद नाफा २ अर्ब ४४ करोड, कुनले कति कमाए ?

२ महिनामा विकास बैंकको खुद नाफा २ अर्ब ४४ करोड, कुनले कति कमाए ?


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/ ८२ को दुई महिनामा विकास बैंकहरूले २ अर्ब ४४ करोड २० लाख खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा ६ वटा विकास बैंक घाटामा जाँदा ११ वटाले नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले दुई महिनामा ३२ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ३२ कराेड ५८ लाख रूपैयाँ नाफा कमाएकाे छ ।

यसैगरी गरिमा विकास बैंकले २८ करोड ८९ लाख रुपैयाँ, शाइन रेसुंगा विकास बैंकले २१ करोड ५४ लाख रुपैयाँ, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, साङ्ग्रीला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख, र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ८ कराेड ८९ लाख, सालपा विकास बैंक ४ कराेड ८५ लाख, कर्पाेरेट विकास बैंक ३ कराेड ८८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

सो अवधिमा घाटा बेहोर्ने विकास बैंकहरुमा एक्सेल डेभलपमेन्ट बैंक ६ करोड ८३ लाख रुपैयाँ, कर्णाली विकास बैंक १ करोड ८३ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट १ करोड १६ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट ८४ लाख रुपैयाँ, सिन्धु विकास बैंक ६३ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंक ३६ लाख रुपैयाँ घाटामा रहेका छन् ।