जागिरका लागि आवेदन दिनेहरुको विवरण सच्याउनका लागि राष्ट्र बैंकको आग्रह

जागिरका लागि आवेदन दिनेहरुको विवरण सच्याउनका लागि राष्ट्र बैंकको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकमा जागिर खान आवेदन दिएकामध्ये २३० जनाको कागजात अपुग रहेको पाइएको छ । राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ ।

विवरण गलत हुनेमा रक्षक पदका २१, सिपाही पदका ५६ , सिपाही पद महिला १ जना र पिपा पदका २४ जना रहेका छन् । यस्तै, सवारी चालक १०९ जना, खरिद अधिकृत ९ जना रहेका छन् ।

विवरण गलत भएका, कागजात अपुग रहेका उम्मेदवारले आफ्नो अनलाइन पोर्टल लगइन गरी त्यहाँ उल्लेख भएअनुसार विवरण पेस गर्नुपर्नेछ । विवरण कार्तिक १० गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

साथै, सम्बन्धित आवेदन फाराममा उल्लेख गरिएका विवरण वा कागजात तोकिएको मितिभित्र पेस नभएमा दरखास्त फाराम स्वतः अस्वीकृत हुने राष्ट्र जनाएको छ । राष्ट्र बैंकले गत असाेज १८ गते एक सूचना प्रकाशित जारी गर्दै यी पदमा दरखास्त आह्वान गरेको थियो ।