मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

सो शेयर सर्वसाधरणले खरीद गर्न पाउनेछन् । बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएको बताएको छ ।

सो शेयर किन्न इच्छुकले बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ ।