बैंकिङ्ग समाचार, काठमाडौं ।
मिथिला लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुन: सत्यदेव राउत नियुक्त भएका छन् ।
कम्पनीको जेठ २ गते सोमवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा पुनः सत्यदेव राउतलाई नियुक्त गरेको हो । यो संगै राउतको कार्यकाल पुनः ४ बर्षको लागि थपिएको छ ।
मिथिला लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राउतले विगत ४ बर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल पुर्याई ४४ वटा शाखा मार्फत ३२ हजार ग्राहक सदस्यलाई आर्थिक रुपमा मात्र नभई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्दै आएको बताए । उनले आगामी कार्यकालमा नेपाल सरकारसँग समन्वय गरी विभिन्न किसिमका सामाजिक तथा उत्पादन मुलक कार्यक्रमहरु गरि संस्थामा आवद्ध भएका विपन्न बर्गका मानिसलाई आर्थिक रुपले सक्षम बनाउन सहयोगि भुमिका खेल्ने र मिथिला लघुवित्त वित्तीय संस्थालाई देशकै उत्कृष्ट वित्तीय संस्थाको रुपमा पहिचान दिलाउने लक्ष्य रहेको जानकारी गराए ।
प्रतिक्रिया