काठमाडौं – यो साता दसैं बिदा परेकाले मंगलबारबाट मात्र सुनचाँदी कारोबार भएको थियो । गत साताको बिहीबारबाट बन्द भएको कारोबार यो साताको मंगलबारबाट सुरु भएको थियो ।
मंगलबार तोलामा एक हजार ४ सय रुपैयाँले बढेर सुरु भएको सुनको मूल्यले साताभरि अर्थात् शुकबारसम्म बढ्दै दिनहुँ कीर्तिमानी बनाइरह्यो ।
मंगलबार प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबारसम्म आइपुग्दा १ लाख ६४ हजार ४०० रुपैयाँ पुग्यो ।
यो साता समग्रमा सुनको मूल्यमा १९ सय रुपैयाँको वृद्धि देखियो । मंगलबार १४ सयले बढ्दै सुरु भएको सुनको मूल्य बुधबार १३ सय, बिहीबार ६ सय रुपैयाँ र शुक्रबार २ हजार रुपैयाँले बढेको थियो ।
कुन दिन कति थियो सुनको मूल्य ?
मंगलबार – १ लाख ६० हजार पाँच सय रुपैयाँ
बुधबार – १ लाख ६१ हजार ८०० रुपैयाँ
बिहीबार– १ लाख ६२ हजार ४ सय रुपैयाँ
शुक्रबार – १ लाख ६२ हजार ४ सय रुपैयाँ
प्रतिक्रिया