सिडिएस एन्ड क्लियरिङमा रोजगारीको अवसर

सिडिएस एन्ड क्लियरिङमा रोजगारीको अवसर


काठमाडौं – सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसी) ले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेको पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।

कम्पनीले आन्तरिक, खुला तथा समावेशी प्रयोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी सहायक प्रबन्धक, वरिष्ठ आईटी अधिकृत, अधिकृत र वरिष्ठ कम्प्युटर अपरेट पदका लागि १–१ जनाका लागि दरखास्त आह्रवान गरेको हो ।

कम्पनीले उक्त पदहरुका लागि सम्बन्धित विषयमा स्नाकोत्तरका साथै अनुभवमा आधारित योग्यता माग गरेको छ ।

इच्छुक र योग्य नेपाली नागरिकले कात्तिक २२ गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यस्तै, दोब्बर दस्तुर तिरी कात्तिक २९ गतेसम्म दरखास्त दिन सकिने छ । दरखास्त कम्पनीको कार्यालय पुतलीसडक, काठमाडौंमा बुझाउनुपर्नेछ ।