ऋणपत्र निष्काशन गर्दै निफ्रा, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

ऋणपत्र निष्काशन गर्दै निफ्रा, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। यसका लागि निफ्राले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धक चयन सम्बन्धी सम्झौतामा निफ्राको तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

निफ्राकाअनुसार नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ । निफ्राले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

निफ्रा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकको रुपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय संचालित वित्तिय संस्था हो।