श्रीलंकामा नयाँ प्रधानमन्त्री, अमेरिकानिकट व्यक्तिले चरम आर्थिक संकट समाधान गर्ने अपेक्षा

श्रीलंकामा नयाँ प्रधानमन्त्री, अमेरिकानिकट व्यक्तिले चरम आर्थिक संकट समाधान गर्ने अपेक्षा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन्। 

उनी श्रीलंकाको पटक पटक प्रधानमन्त्री रहिसकेका व्यक्ति हुन । विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराइसकेका छन् । श्रीलंका अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । उक्त संकट समाधानका लागि अमेरिकासँग निकट मानिएका विक्रमासिंघेलाई नियुक्त गरिएको हो । श्रीलंकाले अमेरिकी संस्था एमसीसीसँग सम्झौता गर्न अस्वीकार गरेका कारण त्यहाँ आर्थिक संकट गहिरिएको छ । 

रनिल विक्रमासिंघे नियुक्त भएलगत्तै अमेरिकाले उनीसँग सहकार्य गर्न आफू तयार रहेको सार्वजनिक प्रतिक्रिया दिइसकेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिएका थिए । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । महिन्दा राजापाक्षे बढी देशभक्त नेताको रुपमा चिनिन्छन् । 

सोही कारण उनले राजीनामा दिएलगत्तै उनको समर्थनमा जनता सडकमा उत्रिएका पनि थिए । त्यसपछि उनले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाएका थिए ।  आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । महिन्दा राजापाक्षेले राजीनामा दिएपछि राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।     

यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सय भन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुन् । उनी यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।