काठमाडौं – जनकपुर बोल्ट्स र एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिबीच सम्झौता भएको छ। बिहीबार काठमाडौंका एक कार्यक्रमबिच यी दुई पक्षबिच सम्झौता भएको हो। उक्त सम्झौताअनुसार एसटीसी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बनेको छ।
यस सहकार्यअन्तर्गत एसटीसीलाई टिमको ब्रान्डिङ, म्याचडे, होस्पिटालिटी र डिजिटल अभियानहरूमा प्रमुखताका साथ समावेश गरिने भएको छ। जसले यस साझेदारीलाई सिजनभरि बोल्ट्स परिवारको एक अभिन्न हिस्सा बनाउने भएको छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले एसटीसी इनर्जी इन्डस्ट्रिजलाई आधिकारिक गो ग्रीन इनर्जी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा हामी निकै खुसी भएको बताए। एसटीसीको राइड र इनर्जी ब्याट्रीले युवा र गतिशील फ्यानहरूको दैनिक जीवनसँग सिधा जोडिने उनको भनाई छ।
एसटीसी इनर्जी इन्डस्ट्रिजका डाइरेक्टर लक्ष्मी प्रसाद उप्रेतीले जनकपुर बोल्ट्ससँग गो ग्रीन इनर्जी पार्टनरका रूपमा जोडिन पाउँदा हामी गौरवान्वित भएको बताए। उनले यस साझेदारीमार्फत नेपालभरिका क्रिकेटप्रेमीहरूसम्म पुग्न र सिजनभरि टिमसँगै उत्तिकै जोशका साथ उभिन पाउँदा उत्साहित भएको बताए।
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रतिस्पर्धा गर्ने एक पेशेवर ट्वान्टी–२० क्रिकेट फ्र्यान्चाइज हो। जसले मधेश प्रदेशको प्रतिनिधित्व गर्दछ। त्यस्तै, एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि श्री एसटीसीका नामबाट परिचित, नेपालमा अटोमोटिव पाट्र्स र ब्याट्री उत्पादनको सप्लाईक र डिस्ट्रिब्युशनमा संलग्न एक कम्पनी हो। जसका राइड र इनर्जी दुईपांग्रे ब्याट्री ब्रान्डकारूपमा चिनिन्छन्।







About Us
प्रतिक्रिया